site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकहरूलाई गभर्नरले भने– एक त्रैमास ऋण असुल नहुँदैमा सूचना निकालिहाल्नु पर्दैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले ग्राहकलाई दुःख दिन नहुने बताएका छन् । बुधबार आर्थिक मिडिया सञ्चालक नेपालले आयोजना गरेको `अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम´मा बोल्दै गभर्नर अधिकारीले बैंकले ग्राहकलाई अप्ठेरोमा पार्न नहुने बताएका हुन् ।

"बजारमा बैंकले दुःख दिए भन्ने कुरा आएको छ । यो अवस्थामा सबैलाई समस्या छ । यसमा बैंकहरूले पनि बुझिदिनुपर्‍यो," उनले भने, "हामीले पनि पटकपटकको छलफलमा पनि भनेका छौँ । एक त्रैमासमा ऋण असुल नभए सूचना निकालिहाल्नु पर्दैन ।" 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नेपालको अर्थतन्त्रको संरचनागत सुधार गर्नुपर्ने चरणमा रहेकाले यसलाई चरणबद्ध रूपमा सुधार गर्दै जानुपर्ने चुनौती रहेको पनि बताए । आयातमा मात्र निर्भर हुन नहुने भन्दै उनले यसको निकास खोजिने बताए ।

"आयातमा मात्र हामी निर्भर हुनु हुँदैन । यसलाई क्रमश: घटाउँदै लानुपर्ने हुन्छ," उनले भने, "आयात रोकेर अर्थतन्त्र समस्यामा पर्दा हामीले अल्पकालीन समाधान खोजेका मात्र हौँ ।"

अन्तरबैंक ब्याजदर घट्दै गएकाले अर्थतन्त्र सुधारको बाटोमा गएको देखिएको उनको भनाइ छ । बजारमा गएको सामानको उधारो उठ्न नसक्दा देशमा एक खालको मन्दी छाएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १९:२४
प्रतिक्रिया दिनुहोस्