

काठमाडौं । भारतमा आयोजना हुने ‘केएलफ बुक अवार्ड–२०२२’ का लागि नेपालका दुई स्रष्टाका पुस्तक छनोटमा परेका छन् । उक्त अवार्डका लागि नेपालका लेखकहरू सुमीत शर्मा ‘समीर’को पुस्तक ‘वेक अप अर्ली वेक अप नाउ’ र रञ्जना निरौलाको निबन्धकृति ‘अनुभूतिको अवतरण’ छानिएका हुन् ।
केएलएफले सञ्जीव सान्यालको ‘रिभोल्युुसनरिज द अदर स्टोरी अफ हाउ इन्डिया वोन इट्स फ्रिडम’, कैलाश सत्यार्र्थीको ‘तुम पहले क्युँ न आए’, हिन्दोल सेनगुप्ताको ‘गायन, नृत्य और प्रार्थना’, श्रीला प्रबहुपाडा संस्थापक आचार्यको ‘प्रेरणादायक कथा’, रञ्जित होस्कोटेको ‘हंचप्रोज’ र प्रवीण कुमारको ‘अमर देशवा’लगायत पुस्तक अवार्डका लागि छनोट भएका जनाइएको छ ।
आउँदो फेब्रुअरीको तेस्रो साता भुवनेश्वरमा हुने केएलफको वार्षिक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिने जनाइएको छ ।