site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘सन्तापको धून’माथि परिसंवाद
Sarbottam CementSarbottam Cement

विराटनगर । कथाकार डा. अशोक थापाको कथाकृति ‘सन्तापको धून’माथि विराटनगरमा परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । 

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका थापाले गण्डकी पानीढलोमा प्रचलित मौलिकतालाई टिपेर सिर्जना गरेका कथाहरूले मौलिकता र आधुनिक परिवेशलाई जोड्ने प्रयास गरिएको बताएको छ । कृतिमाथि बोल्दै समीक्षक शुभलक्ष्मी लम्सालले थापाका कथाले उज्यालो यात्रालाई इंगित गरेको टिप्पणी गरिन् । पोखरा आसपासको स्थानीय रङ, लवज र भाषाको लेपनले कथामा नवीन बान्की भरेको उनको धारणा थियो । कथाहरूले विगत र वर्तमानका परिवेशबीच सादृश्यता कायम गरेको पनि टिप्पणी गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समालोक महेश पौड्यालले थापाका कथाभित्र भेटिने विसङ्गतिको चित्रण उज्यालोकै लागि भएको बताए । थापाले कथामा आफूले देखे–भोगेको यथार्थको चित्रण गर्ने प्रयास गरेको बताए ।

कार्यक्रममा दधिराज सुवेदीले कथा साहित्यमा विविध रसका सुन्दर कथा आउनु ज्यादै खुसीको विषय भएको बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC