site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
‘उत्कृष्ट २५ कथा समकालीन नेपाली कथाका अनुहार’

काठमाडौं । ‘तेस्रो डिशहोम १२खरी कथा प्रतियोगिता’का उत्कृष्ट २५ कथाहरू समकालीन नपाली कथाका अनुहार भएको कथा प्रतियोगिताको छनोट समितिले जनाएको छ । प्रतियोगितामा समावेश कथाले समग्र नेपाली समाजको प्रतिनिधित्त्व गरेको छनोट समितिको ठहर छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा छनोट समितिका संयोजक नारायण ढकालले प्रथम भएको कथा निकै उत्कृष्ट रहेको बताए । “साँच्चै प्रथम भएको कथा निकै उत्कृष्ट छ,” उनले भने, “विषयका हिसाबले कथाहरू पढ्दा उत्साह भेटिन्छ ।”

प्रतियोगिताका कथामा हिमाल, पहाड, तराई तथा विभिन्न विषय, परिवेश र संस्कृति समावेश रहेको छनोट समितिका सदस्य कुमारी लामाले बताइन् । उनले भनिन्, “समकालीन समयको स्पष्ट चित्र हो, २५ कथाको यो संग्रहलाई समकालीन नेपाली कथाको अनुहार भन्न सकिन्छ ।” उनले हरेक सिर्जना राम्रा हुने भन्दै त्यसको तुलना गरेर छनोट गर्नु आफैँमा कठिन हुने बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

छनोट समितिका अर्का सदस्य विवश पोखरेलले खेलकुदमा जस्तो साहित्यमा पहिलो, दोस्रो र तेस्रो छुट्ट्याउन गाह्रो हुने बताए ।

आयोजक संस्थाले नाम र शीर्षक समेत नदिई कथा छनोट गरिएको भन्दै प्रतियोगिताका संयोजक ढकालले कथा छान्दा आफूलाई तालिम लिएको जस्तो अनुभव भएको बताए । कथा छान्नुअगाडि आफूले नेपाली र विदेशी गरेर २०० भन्दा धेरै कथा पढेको उनले सुनाए ।

छनोट समितिका सदस्य पोखरेलले विषयवस्तु, भाषा, शिल्प, शैली, परिवेश, आरम्भ र अन्त्यलाई माधार मानेर कथा छनोट गरिएको जानकारी दिए ।

कथा प्रतियोगिताका आन्तरिक संयोजक गोविन्द अधिकारीले पहिलो पुस्ताका कथाकारहरूजत्तिकै अब्बल कथाहरू अहिले पनि लेखिने गरेको बताए । पठन संस्कृतिको भने कमी रहेको उनको भनाइ छ । पढ्ने संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए ।

‘१२खरी उत्कृष्ट कथा–२०७८’ का सम्पादक राजेन्द्र पराजुलीले नेपाली कथायात्राले लिएका बाटो बुझ्न यो कथा प्रतियोगिता राम्रो माध्यम भएको बताए । तेस्रो संस्करणसम्म आइपुग्दा दुई हजार कथा प्राप्त भइसकेको भन्दै उनले नेपाली कथाले फराकिलो बाटो तय गर्न भने अझै बाँकी रहेको बताए । महिला कथाकारको उपस्थिति बलियो देखिएको सम्पादक पराजुलीको भनाइ छ ।

साहित्यको उत्थानका लागि बाह्रखरी कथासँग सहकार्य
डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले नेपाली साहित्यको उत्थानका लागि बाह्रखरी कथा प्रतियोगितासँग सहकार्य गरेको बताए ।

सार्वजनिक पुस्तकमा रहेका कथामा आधारित भएर चलचित्र, टेलिचलचित्र पनि बनाउन सकिने उनको भनाइ छ । नेपाली साहित्यलाई माथि उठाउन डिशहोमले सहयोग गर्ने उनले बताए ।

साहित्यले राष्ट्रियता, भाषा र संस्कृतिको विकास गर्छ

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले साहित्यले राष्ट्रियता, भाषा र संस्कृतिको विकास गर्ने बताए । देशलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउने काम साहित्यले गर्ने भन्दै उनले यसको विकास र विस्तारका लागि बाह्रखरीले कथा प्रतियोगिता आयोजना गरिरहेको उल्लेख गरे ।

आफू साहित्यबाट पालिएको उनको भनाइ । आफू सानो छँदादेखि बुवा परशु प्रधानले कथा लेखेको देखेर हुर्किएको स्मरण गर्दै आफूले त्यही बेला अर्थसँग जोडेर हेर्न गरेको उनले सुनाए ।

यो पनि पढ्नोस्–

डिशहोम १२खरी कथा लेखन प्रतियोगिता : मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, यी हुन् विजेता

समकालीन साहित्यले समाजको अध्ययन गर्न सहयोग गर्छ : रक्षामन्त्री 

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १५:३५
प्रतिक्रिया दिनुहोस्