site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा १२ स्थानीय तह हुने गरी पुनःसंरचनाको टुङ्गो लगाइएको राससले जनाएको छ । स्थानीय विकास अधिकारी टेकराज निरौलासहित विभिन्न राजनीतिक दलको आइतबार बसेका बैठकले धुलिखेल, बनेपा, पनौतीसहित आसपासका गाविस समेटेर उपमहानगरपालिका र पाँचखाल, दाप्चा, काशिखण्ड र महादेवस्थान मण्डन नगरपालिका र रोशी, कोसीपारि, डाँडापारिमा दुई/दुई गाउँपालिका र तिमाल एक र बाँकी गाउँपालिकासहित पुनःसंरचनाको टुङ्गो लगाइएको एमाओवादी काभ्रेपलाञ्चोकका अध्यक्ष दीनानाथ गौतमले जानकारी दिए ।

उनका अनुसार अब जिल्लामा एक महानगरपालिकासहित तीन नगरपालिका आठ गाउँपालिका हुनेछन् । “अहिले पुनःसंरचना गर्दा सङ्ख्याको मात्रै टुङ्गो लागेको हो, अझै सीमाङ्कनको विषय बाँकी छ,” उनले भने । यसअघि पुनःसंरचना आयोगले जिल्लाको नगरपालिका र गाउँपालिका गरी ११ इकाई निर्माण गर्ने जनाएको भएपनि स्थानीय राजनीतिक दलले असहमति जनाएका थिएनन् । 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७३  १३:५६
प्रतिक्रिया दिनुहोस्