site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जीइबी– युवा उद्यमीहरुका लागि ग्लोबल प्लेटफर्म

काठमाडौं । ग्लोबल इन्टरप्रेनरसीप बुटक्याम्प, जीइबीले आफ्नो तेस्रो कार्यक्रमका लागि आगामी २ देखि ५ जुलाईसम्मको तयारी गरिसकेको जनाएको छ ।

यसअघि २०१७ मा नेपालको ककनी र २०१८ जनवरीमा थाइल्यान्डको बैंककमा भएका दुईवटै संस्करण सफल रहेपछि यसका आयोजक, ओया आइएनसीले आगामी कार्यक्रम इन्डोनेशियाको राजधानी जकार्तामा गराउने तय गरेका हुन् । प्राकृतिक सम्पदाको धनी र लोकप्रिय पर्यटकीय गन्तव्यका रुपमा रहेको इन्डोनेशिया अर्थतन्त्रको क्षेत्रमा पनि विश्वभरबाट १६ औँ स्थानमा पर्छ भने स्टार्टअप लन्च गर्न पनि यसलाई उपयुक्त देश मानिने गरिएको छ ।

ऊर्जावान् युवाहरुका लागि प्रतिस्पर्धा गर्ने र नयाँ कुरा सिक्न जीइबीले धेरै राम्रो अवसर प्रदान गर्दै आएको छ । यसले विश्वभरका युवा मस्तिष्कलाई एकै ठाउँमा जम्मा गरी उनीहरुका योजनाहरुलाई बुस्ट गर्ने काम गरि नयाँ स्तरमा पुर्याउन मद्दत गर्छ । कार्यक्रमभरि प्रशिक्षण दिने अनुभवी उद्यमीहरुका सफलता एवम् असफलताका कथाहरुले पनि युवा उद्यमीहरुलाई नयाँ पाठ सिकाउन उत्तिकै मद्दत गर्नेछ । यसका साथै संस्कृति र परिप्रेक्ष्य सम्बन्धि नयाँ अनुभूति लिनका लागि पनि जीइबीको प्ल्याटफर्म धेरै लाभकारी छ । 

यस चार दिने मेगा एडिसनमा २० भन्दा बढी विश्वस्तरीय वक्ताहरु बोलाइनेछन् भने कार्यक्रमकै लागि विश्वभरबाट २५० युवाहरु जकार्तामा भेला हुनेछन् ।

प्रतिस्पर्धाबाहेक सहभागीहरुले चर्चित अन्तराष्ट्रिय व्यक्तित्वहरुबाट विभिद विषयमा प्रेरणा समेत प्राप्त गर्नेछन् । नेपालका तत्कालिन उद्योग मन्त्री नबिन्द्रराज जोशी पनि कार्यक्रममा उपस्थित हुने बताइएको छ ।

\"\"

\"\"

\"\"

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro