site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारतविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती–११ सार्वजनिक

काठमाडौं । भुटानमा आजदेखि हुन लागेको साफ यू–१७ महिला च्याम्पियनसिपमा भारतविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती–११ सार्वजनिक भएको छ । बुधबार नेपाली टोलीका मुख्यप्रशिक्षक चेतनारायण श्रेष्ठले भूमिका बुढाथोकीको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

सुरुवाती–११ मा झरना दुर्मेकोटी, मिनमाया श्रेष्ठ, ग्यान्सु डोल्मो लो, अलिजाकुमारी बिक, अन्सु बिक, शाहारा लिम्बु, डिकी स्याङ्बो तामाङ, बबिता कार्की, भूमिका बुढाथोकी, यामकुमारी बिक र अनिताराना मगर छन् ।

खेल भुटानको चिङलिमिथाङ रंगशालामा नेपाली समयानुसार २ः४५ बजेदेखि हुँदै छ ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान छन् । प्रतियोगिताका सबै खेल डबल राउन्ड प्रणालीमा सञ्चालन हुनेछन् । शीर्ष टोलीले उपाधि उचाल्नेछ ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्