site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दिपल एस०५ यसै साता सार्वजनिक हुने

काठमाडौं । ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले केही दिनमै लक्जरी, स्टाइल र प्रविधिको अद्वितीय संयोजन गर्ने आफ्नो नयाँ एसयूभी दिपल एस०५ सार्वजनिक गर्ने तयारी गरेको छ । दिपल एस०७ को सफलतापछि एस०५ ले कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिस्कृत एसयूभी ल्याउन लागेको हो । 

विश्वप्रसिद्ध आईएफ डिजाइन अवार्डबाट सम्मानित दिपल एस०५ लाई बोल्ड एरोडाइनामिक सिलहट, फ्रेमलेस डोर र स्टार फिडरबाट प्रभावित एइडी टेललाइटले वास्तविक डिजाइन स्टेटमेन्ट बनाउनेछ ।

एस०५ भित्र पस्नेबित्तिकै प्रिमियम र लक्जरीको आभाष दिलाउनेछ । यसमा नेपालमै पहिलोपटक जिरो ग्राभिटी कम्फर्ट, भेन्टिलेसन, लेग सपोर्ट, मेमोरी फंसन र वान टच न्याप मोडसहितको क्विन को–पाइलट रहेको छ । 

यसका दुवै सिट वेलकमिंग छन् भने ठूलो १६० लिटरको फ्रंक, आउटडोरसहित १४ वटा स्पिकर भएको सराउन्ड साउन्ड सिस्टम र रिफाइन्ड इन्टेरियर क्राफ्टम्यानसिप रहेको छ । जसले हरेक यात्रालाई लक्जरियस बनाउनेछ ।

नयाँ एस०५ मा सेग्मेन्टमै नभएको रिमोट इन एन्ड आउट पार्किङ छ जसले साँगुरो पार्किङ स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्नेछ । साथै, यसमा एड्भान्स ड्राइभर असिस्ट्यान्स (एसाड २.०) छ जसको १९ वटा सेफ्टी फिचरले ड्राइभिङ कन्फिडेन्सलाई बढाउनेछ । 

साथै, यसमा सेग्मेन्टमै पहिलोपटक अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले रहेको छ जसले लाइभ नेभिगेसन, ट्राफिक सिग्नल, स्पिड लगायत ड्राइभरलाई चाहिने सबै सूचना विन्डसिल्डमा प्रोजेक्ट गरेर सुरक्षा र स्मार्ट ड्राइभिङको अनुभव दिलाउँछ ।

त्यसैगरी नयाँ एस०५ मा पहिलोपटक संसारको सबैभन्दा ठूलो ब्याट्री निर्माता कम्पनी सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ । जसको लाइफस्पान ६ लाख किलोमिटर हुन्छ र यो मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुनेछ । यसमा सुरपेरियर कोल्ड वेदर पर्फमेन्स पनि प्रदान गर्छ जसले नेपालको सबै भौगोलिक र जलवायुमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछ ।

नयाँ दिपल एस०५ ले नेपालको ईभी बजारमा दिपल एस०७ ले कायम गरेको दबदबालाई अझै बलियो बनाउने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ ।  

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्