
काठमाडौं । नेपालको पहिलो र एक मात्र भिट्रिफाइड टायल्स ब्रान्ड लेमिनार टायल्सले काठमाडौंको थलीमा नयाँ विशेष डिलर शो रूम सञ्चालनमा ल्याएको छ । सुपर सप्लायर्स प्रालिलाई आधिकारिक डिलरका रूपमा नियुक्त गर्दै औपचारिक रूपमा शो रूम उद्घाटन गरिएको हो ।
उद्घाटनका क्रममा वाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ तथा निर्देशकद्वय श्याम खेतान र आशुतोश खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको नयाँ शोरूमको उद्घाटन गरे ।
“देशभर १०० भन्दा बढी विशेष शो रूम स्थापना गर्ने लक्ष्यसहित लेमिनार टायल्स अगाडि बढिरहेको छ,” निर्देशक श्याम खेतानले भने ।
अर्का निर्देशक आशुतोश खेतानले भिट्रिफाइड टायल्सको बलियोपन, लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरू टायल्सभन्दा बढी भएको जिकिर गरे ।
बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको अत्याधुनिक युरोपेली प्रविधियुक्त केन्द्रमा लेमिनार टायल्स उत्पादन भइरहेको छ । कम्पनीले पाँच फरक आकारका ५०० बढी आकर्षक डिजाइन बजारमा उपलब्ध गराइएको जनाएको छ ।
यी टायल्स ९९.९२ प्रतिशत वाटरप्रुफ हुने, उच्च गुणस्तरको कच्चापदार्थ र उन्नत उत्पादन प्रक्रियाका कारण सामान्य सिरेमिक टायल्सभन्दा चार गुणा बढी टिकाउ हुने कम्पनीको दाबी छ ।