site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अस्ट्रेलियामा दुई नेपाली नेतृत्वका उद्यमलाई अवार्ड

काठमाडौं । अस्ट्रेलियामा रहेका नेपाली समुदायका दुई नेपाली नेतृत्वका उद्यमले अवार्ड प्राप्त गरेका छन् । आईटी टुगेदर र क्लिक कन्सल्टिङ ग्रुपले लोकल बिजनेस अवार्डमा प्रतिष्ठित उपाधि जितेका हुन् ।

आईटी टुगेदरले उत्कृष्ट नयाँ व्यवसाय र क्लिक कन्सल्टिङ ग्रुपले उत्कृष्ट शिक्षा सेवातर्फ अवार्ड प्राप्त गरेको हो । आईटी टुगेदरले बढ्दो प्राविधिक स्टार्टअप साना र मझौला व्यवसायलाई एआई सञ्चालित सीआरएम समाधानमार्फत आफ्नो दैनिक कार्य स्वचालित गर्न मद्दत गरिरहेको छ ।

Aea-1754632621.jpg
 

क्लिक कन्सल्टिङ ग्रुपले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीलाई आईटी, लेखा, इन्जिनियरिङ र साइबर सुरक्षामा जागिर खोज्न मद्दत गरिरहेको छ ।

यी उद्यमको नेतृत्व ओम राउत, सन्तोष श्रेष्ठ, विकास रिजाल, सुनील सिग्देल र अनिस कार्कीले गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्