site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा भारतविरोधी प्रदर्शन

काठमाडौं । पाकिस्तान प्रशासित कश्मीरमा सयौँ मानिसले भारतले विवादित क्षेत्रको अर्धस्वायत्त दर्जा खारेज गरेको छैटौँ वार्षिकोत्सव मनाउँदै र्‍याली निकालेका छन् । यो र्‍याली भारत र पाकिस्तानबीच करिब तीन महिनाअघि भारतीय कश्मीरमा २६ पर्यटकको हत्यापछिको सैन्य कारबाहीको पृष्ठभूमिमा आयोजना गरिएको हो । र्‍यालीमा भारतविरोधी नारा लगाइएको थियो ।

नयाँ दिल्लीले उक्त हमलामा इस्लामाबादलाई दोषी ठहर गरेको थियो । पाकिस्तानले आरोप अस्वीकार गरेको थियो ।

प्रदर्शनकारीले सन् २०१९ अगस्ट ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा कश्मीरको विशेष राज्यको दर्जा खारेज घटनाको निन्दा गरेका थिए । कश्मीर राज्यको दर्जा पुनर्स्थापना गर्न उनीहरूले माग गरे ।

कश्मीर भारत र पाकिस्तानबीच विभाजित छ । दुवै देशले यसमाथि पूर्ण दाबी गर्दै आएका छन् ।

सन् १९४७ मा यी दुई देशले बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछि कश्मीर परमाणु हतियारसम्पन्न छिमेकीबीच युद्धको कारण बनेको थियो ।

मंगलबार पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबादमा आयोजित विरोध प्रदर्शनमा नागरिक समाज र राजनीतिक दलका सयौँ सदस्य सहभागी भएका थिए ।

इस्लामाबादमा पनि भारतविरोधी यस्तै प्रदर्शन आयोजना गरिएको थियो ।

यसैबीच, भारतीय कश्मीरको श्रीनगरमा प्रमुख विपक्षी दल इन्डियन नेसनल कंग्रेस पार्टी समर्थकले पनि विवादित क्षेत्रको राज्यको दर्जा पुनर्स्थापना गर्न माग गर्दै र्‍याली निकालेका छन् । एपीबाट ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्