अर्थ व्यवसाय
११ करोड ५५ लाख ठगी आरोपमा ब्रोकर नं. २२ का महाप्रबन्धक श्रीवास्तव पक्राउ

काठमाडौं । सिप्रवी सेक्युरिटिज (ब्रोकर नं. २२)का महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मीता अग्रवालले सिप्रवीका पदाधिकारीले ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको उजुरी दिएपछि श्रीवास्तव मंगलबार (साउन २०) आफैँ प्रहरी कार्यालय पुगेका थिए ।
उजुरीपश्चात् श्रीवास्तव आफैँ प्रहरी कार्यालयमा आएका र नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी मोहनमणि अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।
अग्रवालले सिप्रवीका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक श्रीवास्तव, प्रबन्ध निर्देशक सतिषकुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध ठगी आरोपमा प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएकी थिइन् ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०८२ १६:०६
प्रतिक्रिया दिनुहोस्