site stats
बाह्रखरी :: Baahrakhari
खेल
पलेशा र विजयले जिते वर्षको उत्कृष्ट अवार्ड

काठमाडौं । पलेशा गोवर्धन श्रेष्ठ र विजय सिन्जालीले हाम्रो खेलकुदको वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । 

हाम्रो खेलकुदले दशौँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको अवार्ड कार्यक्रममा पलेशा र विजय उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

स्थापनाको दश वर्ष पूरा भएको अवसरमा हाम्रो खेलकुदले वर्ष खेलाडी अवार्ड तथा हाम्रो खेलकुद कन्क्लेभ आयोजना गरेको थियो । 

पुरुषतर्फको अवार्ड विजय सिन्जालीलाई पूर्वयुवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अवार्ड वितरण गरे । 

पेरिस पारालिम्पिकमा कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशाले २५ हजार रुपैयाँ नगद पनि प्राप्त गरिन् ।

तेस्रो थाउलो विश्वकपमा कास्य पदक विजेता विजयले पनि २५ हजार रुपैयाँ प्राप्त गरे । पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि विशेष सम्मान गरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्