site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा पर्दै छ पानी, एक घण्टामा सबैभन्दा धेरै पाल्पामा

काठमाडौं । देशका केही स्थानमा यति बेला (आइतबार बिहान करिब साढे १० बजे) पानी परिरहेको छ । झापा, रौतहट, पाल्पा, रुपन्देही, कैलाली, डडेलधुरालगायत पहाडी तथा तराई क्षेत्रका विभिन्न जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पामा भएको छ । यो अवधिमा पाल्पाको हात्तीलुङमा १८.६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

“१८ साउन २०८२ । गएको एक घण्टामा सबैभन्दा बढी पानी पाल्पाको हात्तीलुङमा (१८.६ मिलिमिटर) परेको छ । अहिले झापा, रौतहट, पाल्पा, रुपन्देही, कैलाली, डडेलधुरालगायत देशका पहाडी तथा तराई क्षेत्रका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ,” महाशाखाको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्