site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पलाई रूसको जवाफ– हामी अमेरिकी परमाणु पनडुब्बी सम्हाल्न सक्षम छौँ

काठमाडौं । रूसनजिकै दुई परमाणु पनडुब्बी तैनाथ गर्ने निर्णयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रूसी सांसदले कडा जवाफ दिएका छन् ।

रूसी सांसद भिक्टर भोडोलात्स्कीले आफ्नो देशसँग पहिलेदेखि धेरै न्युक्लियर पनडुब्बीहरू रहेका बताए । त्यसले अमेरिकाका दुई पनडुब्बी सम्हाल्न सक्ने उनको भनाइ छ ।

भिक्टरले भनेका छन्, “विश्वका महासागरहरूमा रूसका परमाणु पनडुब्बीहरूको संख्या अमेरिकाको भन्दा धेरै छ । ट्रम्पले पठाइरहेका ती दुई पनडुब्बी पहिलेदेखि नै हाम्रो निसानामा छन् । त्यसैले अब यसमा छुट्टै प्रतिक्रिया दिनु आवश्यक छैन ।”

पनडुब्बीको स्थानान्तरणबारे ट्रम्पले भनेका थिए, “हामीलाई यो गर्नैपर्ने थियो । हामीले केवल सावधान हुनुपर्छ । हामीलाई धम्की दिइएको थियो । हामीलाई यो उचित लागेन । त्यसैले म धेरै सावधान हुनुपर्छ ।” 

उनले भने, “म यो मेरो जनताको सुरक्षाका निम्ति गरिरहेको छु । जब परमाणु शक्तिको कुरा आउँछ, हामी तयार हुनुपर्छ ।”

ट्रम्पले दिमित्री मेदभेदेभलाई असफल पूर्वरूसी राष्ट्रपति भनेका थिए । जवाफमा मेदवेदेवले भने, “ट्रम्प रूससँग अल्टिमेटमको खेल खेलिरहेका छन् । उनले रूस न त इजरायल हो न इरान हो भनेर सम्झनुपर्छ । प्रत्येक नयाँ अल्टिमेटम युद्धतर्फ लैजाने कदम हो ।”

त्यसपछि नै ट्रम्पले रूसनजिकै परमाणु पनडुब्बी तैनाथ गर्ने आदेश दिएका थिए ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्