राजनीति
बस्दै माओवादी स्थायी कमिटी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (साउन १८) पनि बस्दै छ ।
यही साउन १६ गतेदेखि सुरु स्थायी कमिटी बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा विषयमा स्थायी कमिटी सदस्यले धारणा राख्ने क्रम जारी छ ।
शनिबार (साउन १७) १८ स्थायी कमिटी सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए । रासस
प्रकाशित मिति: आइतबार, साउन १८, २०८२ ०७:१३
प्रतिक्रिया दिनुहोस्