कला
रेखाको अभिनय रहेको ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक

काठमाडौं । समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको तिज गीत ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक भएको छ ।
गीतमा शब्द तथा संगीत प्रकाश सपूतको छ । गीत चेतनामूलक छ । आफ्नो शरीरमा आफ्नै अधिकारी हुन्छ अथवा महिलाको शरीरमा महिलाको अधिकार हुन्छ भन्ने गीतले सन्देश दिएको छ ।
भिडियो निर्देशन प्रकाश सपूतले नै गरेका छन् । भिडियोमा नायिका रेखा थापा, संजोग रसाइली, सिम्रन खड्कालगायत छन् । भिडियोमा प्रकाश स्वयं पनि छन् ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०८२ ०९:४९
प्रतिक्रिया दिनुहोस्