site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह

मकवानपुर । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले शुक्रबार (साउन १६) बिहान सञ्चारकर्मीसँग मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

“उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नुभएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ,” आफू र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको स्पष्ट गर्दै नेता बानियाँले भने । रासस

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्