site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पायोनियर मोटो कर्पलाई ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’

काठमाडौं । पायोनियर मोटो कर्पले बी–एसयूभी आइसीई सेग्मेन्टमा उत्कृष्ट बिक्री प्रदर्शनका आधारमा ‘२०२५ मार्केट सेयर एचिभमेन्ट अवार्ड’ प्राप्त गरेको छ । नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पलाई अवार्ड निसान मोटर इन्डियाद्वारा आयोजित ‘डिफाइ अर्डिनरी’ वार्षिक दक्षिण एसिया वितरक सम्मेलन २०२५ मा प्रदान गरिएको हो ।

उक्त सम्मान निसानको अफ्रिका, मध्यपूर्व, भारत, युरोप तथा ओसियाना क्षेत्रका ‘चिफ अफ कमर्सियल अपरेसन्स’ लियोन डोर्सर्स र निसान मोटर इन्डिया प्रा.लि.का प्रबन्ध निर्देशक सौरभ वत्साद्वारा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो । 

भारतको चेन्नईस्थित महाबलीपुरममा आयोजित उक्त सम्मेलनमा निसानको दक्षिण एसियाका विभिन्न वितरक साझेदारहरूको उपस्थिति रहेको थियो ।

पायोनियर मोटो कर्पले नेपाली बजारमा निसान ब्रान्डको उपस्थिति सुदृढ पारिरहेको छ । ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’ले नेपालमा निसानको प्रभावशाली बजार नेतृत्व र सफल बिक्री प्रदर्शनमा पायोनियर मोटो कर्पको महत्त्वपूर्ण रहेको कम्पनीको भनाइ छ ।

सम्मेलनमा दक्षिण एसियाली बजारका लागि निसानको आगामी रणनीति पनि प्रस्तुत गरियो । 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्