site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनसेलको बिज सधैँ अनमा मनसुन बिजनेस योजना, दुई महिना निःशुल्क

काठमाडौं । एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकका लागि ‘बिज सधैँ अन’मा मनसुन बिजनेस अफर ल्याएको छ । यो अफरमा ग्राहकले कम खर्चमा पूरै एक वर्ष निश्चिन्त भई सेवा उपयोग गर्न सकिनेलगायत सुविधा छन् ।

ग्राहकले बिज सधैँ अन ३९९ प्लान वा बिज सधैँ अन ६४९ प्लानको १० महिनाको लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने यो अफरको विषेशता हो । यसको अर्थ थप दुई महिनाको सेवा निःशुल्क लिएर एक वर्ष दूरसञ्चार सेवाका लागि ढुक्क हुन सकिन्छ । यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडलमा आधारित छ ।

बिज सधैँ अन ३९९ प्लानमा ग्राहकहरूले हरेक महिना १० जीबी डेटा, ४०० मिनेट जुनसुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४०० एसएमएस प्रतिमहिना पाउँछन् । बिज सधैँ अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइन्छ ।

यो मनसुन अफरमा ग्राहकले बन्डल/कम्बो अफरको पनि फाइदा लिन सक्छन् । यसमा कर्पोरेट ग्राहकले आफ्ना तीनवटा मोबाइल नम्बरमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एकपटकका लागि ६ महिनाको लागि सेवा निःशुल्क पाउँछ । 

यसैगरी पाँचवटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुई वटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउँछ ।

“उपभोक्ताहरूलाई सधैँ अनमार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता बमोजिम बन्डल सेवाहरूका साथ कम खर्चमा ग्राहकलाई वर्षभरी निर्धक्क रुपमा सेवा उपलब्ध गराउन यो अफर ल्याएका छौँ,” एनसेलका चिफ विजनेश अफिसर डिओन एसेन्सिओले भने, “साना, ठूला सबै व्यावसायहरूले अर्थतन्त्रलाई चलायमान बनाउँछ र उनीहरूको व्यवसाय बढाउन हाम्रा सेवाहरूले योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ ।” 
 
एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा सीमित अवधिका लागि मनसुन अफर दिएको छ, जसमा ग्राहकहरूले विशेष छुट पाउँछन् । इच्छुक ग्राहकहरूले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्छन् ।

बिज सधैँ अन ३९९ प्लान र बिज सधैँ अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्छन् । 

ग्राहकहरूले बिज सधैँ अन प्लानहरूमा मासिक रूपमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एपमा पनि पहुँच पाउँछन् । 

लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्छ । 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्