site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीका सांसदको माग : किसानलाई सिँचाइ र मल चाहियो

विराटनगर । नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य राजन किरातीले अहिले कोसी प्रदेशमा पर्याप्त पानी नपर्दा किसानले धान रोपाइँ गर्न नसकेको बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा उनले खडेरी लागेर अनिकाल लाग्ने अवस्था रहेको बताए ।

‘‘कोसी प्रदेशका जिल्लाहरूमा सिँचाइको उपलब्धताका लागि बोरिङ चलाउन पर्याप्त विद्युत् भोल्टेजको प्रबन्ध हुनुपर्छ,’’ उनले भने ।

उनले उदयपुर क्षेत्रमा स्यालो ट्युबेल चलाउन किसानलाई निकै कठिनाइ भएको पनि बताए ।

एमाले प्रदेशसभा सदस्य रामदेव यादवले झापा, मोरङ र सुनसरीका किसान खडेरीका कारण समस्यामा परेको सुनाए । ‘‘स्यालो ट्युबेल वितरण गरे पनि विद्युत् ट्रान्सफर्मर जडान हुन नसक्दा सिँचाइको प्रबन्ध हुन सकेको छैन,’’ उनले भने ।

उनले पोलका तार र कृषि मिटर उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

माओवादीका प्रदेशसभा सदस्य गोम्बु शेर्पाले सगरमाथा क्षेत्रमा थुप्रिएका शवका कारण अन्य पर्वतारोहीलाई निकै समस्या हुने गरेको बताए । उनले तिनको व्यवस्थापनमा सरकारले काम गर्नुपर्ने माग गरे ।

उनले भने, ‘‘किसानहरू मल नपाएर हैरानीमा छन् । उनीहरूको समस्या समाधान गर्न प्रदेश सरकारले काम गर्नुपर्छ ।’’

एमालेका रामप्रसाद महतोले 'कृषक सबैभन्दा अगाडि' नाराका साथ बजेट ल्याइएको तर अहिले किसान मल नपाएर समस्यामा परेको बताए । उनले मल वितरणको विषयमा सरकारले व्यवस्थित ढंगले काम गर्नुपर्ने माग गरे ।

माओवादीका प्रदेशसभा सदस्य गोम्बु शेर्पाले सगरमाथा क्षेत्रमा थुप्रिएका शवका कारण अन्य पर्वतारोहीलाई निकै समस्या हुने गरेको बताए । उनले तिनको व्यवस्थापनमा सरकारले काम गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्