site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जवाफ दिँदै
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज  बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । 

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ०५:४४
प्रतिक्रिया दिनुहोस्