
काठमाडौं । देशका अरू केही स्थानजस्तै आइतबार (साउन ४) काठमाडौंमा पनि ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ । दिउँसोतिर काठमाडौंका एक/दुई स्थानमा ‘भारी’ र धेरै भारी पनि पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“वाग्मती प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,” महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बाह्रखरीसित भनिन्, “काठमाडौंमा पनि त्यस्तो सम्भावना छ ।”
ठूलो पानी धेरै बेर भने नपर्ने उनले बताइन् । छोटो समयमा भारी वर्षा हुन सक्ने उनले जानकारी दिइन् । “छोटो समय भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,” उनले भनिन्, “मुभिङ हुने समयमा थोरै समय त्यस्तो हुनसक्छ ।”
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर (नेपालनजिक)तिर रहेको महाशाखाले जनाएको छ । यो बेलाबेला परिवर्तन भइरहेको मौसमविद् मानन्धरले जानकारी दिइन् ।
- बाढीपहिरोले महाकाली, मध्यपहाडी, मेची राजमार्ग यी ठाउँमा अवरुद्ध
- देशभर बदली, यी भूभागमा ‘धेरै भारी’ वर्षाको सम्भावना
- काठमाडौंसहित यी भूभागमा आइतबार ‘धेरै भारी’ वर्षाको सम्भावना