विदेश
इरानमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३० घाइते

तेहरान । इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । ३० जना घाइते छन् । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर सहरनजिकै दुर्घटना भएको हो ।
कावर अस्पतालका निर्देशक मोहसेन अफ्रासियाबीले इरानी सरकारी टेलिभिजनलाई दुर्घटनामा भएको हताहतबारे भने, “शनिबारको बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।”
इरानी सञ्चारमाध्यमले एउटा बस पहाडकोे सडकछेउमा लडेको अवस्थामा खिचिएको तस्बिर सम्प्रेषण गरेका छन् । रासस/एएफपी
प्रकाशित मिति: शनिबार, साउन ३, २०८२ १८:२८
प्रतिक्रिया दिनुहोस्