site stats
बाह्रखरी :: Baahrakhari
खेल
एभरेस्ट महिला भलिबल लिगको अक्सन साउन २ गते

काठमाडौं । नेपालको भलिबल इतिहासमै पहिलोपटक महिला फ्रेन्चाइज भलिबल लिगको लागि खेलाडीहरूको अक्सन हुने भएको छ । एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को दोस्रो संस्करणको लागि साउन २ गते अक्सन हुन लागेको हो । 

आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार, प्रत्यक्ष बोलकबोल प्रणालीमार्फत फ्रेन्चाइज टोलीहरूले राष्ट्रिय खेलाडीहरूदेखि नवप्रतिभा र उदाउँदा खेलाडीहरूलाई चयन गर्ने अवसर पाउनेछन् ।

‘‘यो अक्सनमात्र नभई नेपाली महिला भलिबलका लागि ऐतिहासिक मोड हो,’’ आयोजकले भनेको छ, ‘‘खेलाडीहरू अब व्यावसायिक संरचनाभित्र प्रवेश गर्दै छन्, जहाँ उनीहरूको सिप, बजार मूल्य र पहिचानलाई संस्थागत मान्यता दिइनेछ । यो सम्पूर्ण खेल क्षेत्रको लागि गर्वको क्षण हो ।’’

काठमाडौंमै हुने अक्सन कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।

भदौ २० देखि हुने ईडब्लूभीएलको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशवीससहित गण्डकी थन्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौं स्पाइकर्स र मधेस युनाइटेडको सहभागिता रहनेछ ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्