
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असार २९)का निम्ति विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१ पैसा र बिक्रीदर ९० रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०६ पैसा र बिक्रीदर १०० रुपैयाँ ५० पैसा, सिंगापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार, थाई भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २४ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४ रुपैयाँ ४२ पैसा, डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ २४ पैसा र बिक्रीदर ४५० रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ४० पैसा कायम गरेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछ । अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस