site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानले १६ दिनमा पाँच लाख अफगान नागरिकलाई गर्‍यो देशनिकाला

काठमाडौं । इरानले इजरायलसँगको हालैको द्वन्द्व समाप्त भएपछिको १६ दिनमा पाँच लाख अफगानहरूलाई देश निकाला गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । यो दशककै सबैभन्दा ठूलो जबरजस्ती जनसंख्या स्थानान्तरण गरिएको घटनामध्ये एक हुन सक्ने सीएनएनले जनाएको छ ।

इरानले महिनौँदेखि कम तलबमा कठिन परिस्थितिमा इरानभित्र काम गर्ने लाखौँ अवैध अफगानलाई हटाउने आफ्नो उद्देश्य घोषणा गर्दै आएको थियो ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले जुन २४ देखि जुलाई ९ सम्म पाँच लाख आठहजार ४२६ अफगानहरूले इरान–अफगानिस्तान सीमामार्फत इरान छोडेको बताएको छ ।

इरानले अवैध अफगानहरूलाई देश छाड्न तोकेको आइतबारको समयसीमाअघिको बुधबार ३३ हजार ९५६ र मंगलबार ३० हजार ६३५ ले सीमा पार गरेका थिए । जबकि, शुक्रबार ५१  को उच्च संख्यामा आफगानहरूले इरान छोडेका थिए ।

गत मार्चमा इरानाले आफगानहरूलाई देशनिकाला गर्ने योजना घोषणा गरेको थियो, जुन इजरायलसँगको १२ दिने युद्धपछि तीव्र गतिमा बढेको छ । अफगानहरूले इजरायलका लागि जासुसी गरेको इरानी दाबीले यस अभियानलाई झन् उक्साएको छ । 

तर, अफगान आप्रवासीहरूले इजरायललाई सहयोग गरेको कुनै ठोस प्रमाण फेला नपरेको सीएनएनले जनाएको छ । यसले आलोचकहरूलाई इरानले आफ्नो अवैध अफगान जनसंख्यालाई घटाउने लामो समयदेखिको महत्त्वाकांक्षा पूरा गरिरहेको र आन्तरिक असन्तुष्टिलाई कमजोर अल्पसंख्यकमा थोपरेको गरेको देखिएको छ ।

इरानबाट फर्कने अफगानहरूका लागि अवस्था कठिन भएको समाचारमा उल्लेख छ । १०४ डिग्री फरेनहाइट वा ४० डिग्री सेल्सियससम्म को तापक्रममा अफगानिस्तान सीमामा रहेका स्वागत केन्द्रहरूले कठिनाइको सामना गरिरहेका बताइएको छ ।

सीएनएनबाट ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्