site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘बाकस’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘बाकस’ निर्माणको घोषणा गरिएको छ । गुरु पूर्णिमाको अवसर पारेर पिके इन्टरटेनमेन्ट प्रालिले चलचित्र निर्माणको घोषणा गरेको हो । 

चलचित्रलाई नवीन पन्तले निर्देशन गर्नेछन् । लेखन पनि निर्देशक पन्तकै रहनेछ । 

चलचित्र ‘बाकस’ नेपाल र विदेशका विभिन्न स्थानमा छायांकन हुने निर्माणपक्षले जनाएको छ । तिहारपछि छायांकनमा जाने चलचित्र २०८३ प्रदर्शन हुनेछ । 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्