site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेरेसले सुरु गर्‍यो ‘मनसुन एक्सचेन्ज क्याम्प’ योजना

काठमाडौं । सेरेस नेपालले असार १२ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने ‘मनसुन एक्सचेन्ज क्याम्प’को सुरुवात गरेको छ । यस विशेष क्याम्पमा ग्राहकहरूले पुराना गाडी उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस ३ मा अपग्रेड गर्न सक्नेछन् ।

सेरेसले ग्राहकलाई दिगो, स्मार्ट र भविष्यमैत्री सवारी छनोट गर्न प्रोत्साहन दिनका लागि सुरु गरिएको जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जसमा पुराना गाडीका लागि उद्योगकै उत्कृष्ट मूल्यको ग्यारेन्टी दिइएको छ । साथै, क्याम्पमा आकर्षक एक्सचेन्ज बोनस, अटो प्लस बिमा, प्रिमियम एक्सेसरिज र नगद छुटजस्ता अफर पनि समावेश छन्, जसले सेरेस ईभीमा रूपान्तरण प्रक्रिया अझ फाइदाजनक र सहज बनाउनेछ ।

सेरेस ३ गाडी आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो प्रदर्शनका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चर्चित हुँदै आएको छ ।

चीनमा नाफा कमाइरहेका गाडी निर्माता कम्पनीमध्ये एक रहेको सेरेसले नेपालको बढ्दो इलेक्ट्रिक गाडी बजारमा पनि दीर्घकालीन विश्वास र अन्तर्राष्ट्रियस्तरको सेवा ल्याउने उद्देश्य राखेको छ ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्