अर्थ व्यवसाय
16138872711681016527.jpg)
काठमाडौं । नेपाली बजारमा बिहीबार (जेठ २९) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ । बुधबार (जेठ २८) छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको दुई हजार १५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ १०:५८
प्रतिक्रिया दिनुहोस्