site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निजी क्षेत्रको मनोबल उकास्ने बजेट आएको छ : अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालले नयाँ बजेट स्वागतयोग्य रहेको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोष्ट बजेट छलफलमा उनले निजी क्षेत्रको मनोबल उकास्ने खालको बजेट आएकाले स्वातगतयोग्य रहेको बताए । लगानी आकर्षण गर्न बजेट स्वागतयोग्य रहेको उनको भनाइ छ । 

Argakhachi Cement Island Ad

राजस्वको लक्ष्य प्राप्तिका लागि पनि उत्पादन वृद्धि आवश्यक रहेको उनले बताए ।

“राजस्व वृद्धिका लागि लगानी र उत्पादन हुन आवश्यक रहेको छ,” उनले भने । विदेशमा लगानीबारे पनि काम भइरहेको अवस्थामा निजी क्षेत्रमा उत्साह बढेको उनले उल्लेख गरे ।
 
औद्योगिक क्षेत्रको विकासका लागि बजेट सकारात्मक रहेको उनले बताए । भन्सारको विषयमा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । 
 
ऊर्जा क्षेत्र नेपालका लागि निकै महत्वपूर्ण क्षेत्र भएकोले यसमा ओभरसाइट भएको अवस्था रहेका कारण सरकारले सरकारले पनि सोच्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । यो क्षेत्रलाई अघि बढाउन सजह खालको नीति आवश्यक रहेको उनले बताए । 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्