
विराटनगर । सरकारले बिहीबार प्रस्तुत गरेको बजेटमा कोसी प्रदेशका बहुप्रतिक्षित योजनाहरूलाई समेत बजेट विनियोजन भएको छ ।
बिहीबार संघीय सदनमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा झापाको भद्रपुरसहित अन्य विमानस्थलको स्तरोन्नतिका निम्ति ५० करोड रुपैयाँ विनियोजन भएको छ । यसैगरी मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रंशगालासहित अन्य रंगशालाका लागि ४२ करोड रुपैयाँ विनियोजन भएको छ । गिरिजाप्रसाद रंगशालामा हरेक वर्ष बजेट विनियोजन भए पनि निर्माण कार्य भने अुधरै छ ।
झापाको दमकमा सबै प्रकारका प्रतियोगिता आयोजना गर्न अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरिएको छ । यसैगरी सुनसरी–मोरङ नहर तथा सिँचाइ प्रणाली मर्मत तथा संहार, पुनर्स्थापना तथा व्यवस्थापन सुधारका निम्ति पनि बजेट विनियोजन भएको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडक चार लेन स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ ।रेलमार्गको रोक्का जग्गा फुकुवा गरिने भएकाे हाे । विराटनगरको रानी–इटहरी चार लेन व्यापारिक मार्ग निर्माण सम्पन्न गर्न बजेट छुट्याइएको छ ।
कोसी कोरिडोरको खाँदबारी–दोभान खण्ड, अरुण कोरिडोरको चतरा–लेघुवा सडक ट्याक खोल्न बजेट विनिजन भएको अर्थमन्त्री पौडेलले जनाएका छन् ।
झापाको बाहुनडाँगीदेखि डडेल्धुरा जोड्ने पुष्पलाल मार्ग निर्माणका लागि दुई अर्ब ५१ करोड विनियोजन भएको छ । सुरुङ मार्गतर्फ धरान–लेउती निर्माणका लागि स्रोत व्यवस्थान गरिने जनाइएको छ ।