site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशी कम्पनीलाई विशिष्ट प्रकृतिको सेवा उपलब्ध गराएबापत नेपालीले ‘स्वेट’सेयर लिन पाउने

काठमाडौं । नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएबापत ‘स्वेट’ सेयर लिन पाउने भएका छन् । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार (जेठ १५) संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०८२/०८३ का निम्ति विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनले नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएबापत स्वेट सेयर लिन पाउने कानुनी व्यवस्था गरिने बताए ।

Argakhachi Cement Island Ad

यस्तै, सरकारले नेपालमा खुलेका कम्पनीलाई विदेशमा पनि लगानी गर्न दिने भएको छ । 

विदेशमा लगानी गरेका कम्पनीबाट आम्दानीको ५० प्रतिशत मुनाफा नेपालमै फिर्ताको व्यवस्था गरिने उनले बताए । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्