अर्थ व्यवसाय
सगरमाथामा आरोहीको लर्को, सिजन आरोहण गर्नेको संख्या ६९४ पुग्यो

काठमाडौं । यस वर्षको सिजनमा अहिलेसम्म ६९४ जनाले सगरमाथा आरोहण गरेका छन् ।
पर्यटन विभागको तथ्यांकअनुसार जेठ १३ सम्म ६९४ जनाले सगरमाथा आरोहण गरेका छन् ।
आरोहण गर्नेमध्ये सातजना रुट निर्माणका लागि डोरी टाँग्ने टिमका सदस्य हुन् ।
त्यस्तै, २६६ जना अनुमतिप्राप्त आरोही रहेका छन्, जसमा २५७ जना विदेशी तथा नौजना नेपाली नागरिक छन् । त्यस्तै, ४२१ जना शेर्पा तथा गाइड रहेका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १५:११
प्रतिक्रिया दिनुहोस्