
काठमाडौं । राजतन्त्र फर्काउने विभिन्न समूह जोडेर गरिएको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी भएको छ । यसअघि चैत १५ मा भएको आन्दोलनमा रवीन्द्र मिश्र, धवलशमशेर राणा र विक्रम पाण्डेसहितका केही नेता मात्र सहभागी भएकोमा बिहीबार (जेठ १५)मा भएको आन्दोलनमा भने राप्रपा सिंगै सहभागी भएको हो ।
संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा भएको आन्दोलनमा सात ठाउँबाट र्याली निकालिँदै छ । त्यसमध्ये तीन ठाउँको नेतृत्व भने राप्रपाका नेताहरूले गर्दै छन् ।
“राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट आन्दोलनको नेतृत्व गर्दै हुनुहुन्छ, पशुपछि शमशेरले सिफलबाट सुरु हुने आन्दोलनको र डा. प्रकाशचन्द्र लोहनीले सोह्रखुट्टेबाट सुरु हुने आन्दोलनको नेतृत्व गर्दै हुनुहुन्छ,” राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बाह्रखरीसँग भने, “अन्य ठाउँको नेतृत्वबारे मलाई जानकारी छैन ।”