site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'भिजिट भिसामा हजुर...' गीत गाउँदै कोसी प्रदेश सभामा मागियो गृहमन्त्रीको राजीनामा

विराटनगर । कोसी प्रदेश सभामा पनि गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ । बुधबार कोसी प्रदेश सभाको बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य गोम्बु शेर्पाले 'भिजिट भिसामा हजुर...' गीत गाएर गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् ।

बैठकको शून्य समयमा बोलेका शेर्पाले 'भिजिट भिसामा हजुर, भिजिट भिसामा भुइँ छाडेर उड्ने हजुर पश्चिम दिशामा...' गीत गाएर भनाइ सुरु गरेका थिए । त्यसपछि उनले बेरोजगार युवाबाट त्रिभुवन विमानस्थलमा लाखौँ रकम असुल गर्ने गरिएको दाबी गरे । बदनाम र विवादित व्यक्ति नै गृहमन्त्रीको सचिवालयमा देखिएकाले अस्वाभाविक मिलेमतो रहेको उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

लुट धन्दा मच्चाउनेहरूको मुख्य व्यक्ति गृहमन्त्री नै भएको आरोप लगाउँदै उनले अनुसन्धानमा सहयोग गर्न राजीनामा दिनुपर्ने माग गरे ।

कांग्रेस सांसद प्रदीपकुमार सुनुवारले केन्द्र सरकारसँग जोडिएको भिजिट भिसा प्रकरण संघीय संसद्को अपमान गरेर प्रदेश सभामा उठाइएको बताए ।

"संसद्को आफ्नो मर्यादा हुन्छ । अतिरञ्जित गर्ने काम भएको छ । अनुसन्धान र कारबाहीको एउटा प्रक्रिया छ । संघीय संसद्कै अपमान गरेर प्रदेश सभामा यो कुरा उठाइएको छ," उनले भने ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्