देश

दार्चुला । दार्चुलामा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–६, धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहेका बेला ७० वर्षीय कालु जोशीको आज बिहान ढुंगा लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार, जोशीको घटनास्थलमै मृत्यु भएको हो । उनीमाथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेको हो ।
ढुंगाले लागेर नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ । रासस
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ ११:४०
प्रतिक्रिया दिनुहोस्