राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार गएका हुन् ।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन् । मंगलबार उनीहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए ।
अहिले बालुवाटारमा संसद् अवरोध खुलाउने विषयमा छलफल भइरहेको स्रोतले बाह्रखरीलाई जानकारी दियो ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ ११:०७
प्रतिक्रिया दिनुहोस्