site stats
बाह्रखरी :: Baahrakhari
देश
धूम्रपान त्यागेमा हुने यी हुन् फाइदाहरू

काठमाडौं । धूम्रपानले मानव शरीरमा विभिन्न समस्या निम्त्याउन सक्छ । यसले फोक्सोको क्यान्सर, हृदयरोग, श्वासप्रश्वासको जोखिम बढाउँछ । त्यसैले धूम्रपान गर्दै नगर्नु वा गरिरहेकाले त्याग्नु बुद्धिमानी हुन्छ ।

धूम्रपान त्याग्नाले विभिन्न फाइदा हुन्छ । धूम्रपान त्यागे मुख गन्हाउने कम हुन्छ । खानाको स्वाद अझ मिठो हुन्छ । खोकी निको हुने स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

Argakhachi Cement Island Ad

यस्तै, धूम्रपान त्यागे सामान्य क्रियाकलापमा स्याँस्याँ हुने गरी थकाइ लाग्दैन । पहेँला दाँत बिस्तारै सेता हुन्छन् । मुटु, फोक्सो स्वस्थ रहने केन्द्रले जनाएको छ ।

धूम्रपान त्यागेमा हुने थप फाइदाबारे केन्द्रले भनेको छ, “विभिन्न अंगको क्यान्सरको सम्भावना घट्दछ । धूम्रपानको धुवाँले अन्य व्यक्तिमा पर्ने असरहरू रोकिन्छ । पैसाको बचत हुन्छ, जसले अन्य काममा सहयोग पुग्दछ ।”

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्