site stats
बाह्रखरी :: Baahrakhari
देश
विभाग पुगेर प्रधानमन्त्रीले लिए मनसुनी अवस्थाबारे जानकारी
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको मनसुनी अवस्थाबारे जानकारी लिएका छन् । मंगलबार (जेठ १३) बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको कार्यालयमा पुगेर उनले मनसुनी अवस्थाबारे विज्ञसँग जानकारी लिएका हुन् ।

यो वर्ष यही जेठ १८ देखि असोज १४ गतेसम्म मनसुन ऋतुको वर्षाको आकलन गरिएको छ । यो मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान छ ।

प्रधानमन्त्री ओलीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि विभाग पुगेर मौसम पूर्वानुमानबारे जानकारी लिएका थिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्