site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम : बर्तौला
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि अख्तियारले गरेको अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको बताएका छन् । 

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले देशका धेरै कर्मचारीमाथि अनुसन्धान र कारबाही समेत भएको अवस्थामा कर्मचारीसँग जोडेर मन्त्रीलाई जवाफदेही बनाउने काम उचित नभएको समेत बताए । “राजनीतिलाई प्रतिशोधको मसला बनाउने गरी विपक्षी दलका केही सांसदहरूले अभिव्यक्ति दिनुभएको छ,” उनले भने । 

Argakhachi Cement Island Ad

बर्तौलाले राज्यका अंगहरूले स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनेको भन्दै विभिन्न पदमा रहेका व्यक्तिमाथि अख्तियारले छानबिन गर्ने गरी प्रक्रिया अघि बढाएको धारणा राखे ।

भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीहरूलाई कारबाही गर्नुपर्नेमा एमाले दृढ रहे पनि अहिले नै हतारमा कसैलाई दोषी देखाउने काम उचित नभएको स्पष्ट पारे । 

बर्तौलाले वर्तमान सरकार गठन भए पनि कानुनले काम गरेको र सुशासन प्रवर्द्धन भएकाले कुनै पनि प्रकरणमा जोसुकै दोषी देखिए उन्मुक्ति नपाउने स्पष्ट पारे । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्