site stats
बाह्रखरी :: Baahrakhari
खेल
लिभरपुलको उपाधि ‘परेड’मा कार जोतिँदा ५० जना घाइते
तस्बिर : रोयटर्स ।

काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधिपछि लिभरपुलको खुसियालीको ‘परेड’मा कार चल्दा ५० जना घाइते भएका छन् ।

सोमबार उक्त परेडमा कार चल्दा घाइते भएकामध्ये २७ जना अस्पताल भर्ना भएको र त्यसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Argakhachi Cement Island Ad

स्थानीय प्रहरीले लिभरपुल क्षेत्रबाट ब्रिटेनकै ५३ वर्षीय पुरुषलाई पक्राउ गरेको जनाएको छ । घाइतेमध्ये चारजना बच्चा रहेको र गम्भीर घाइतेमध्ये पनि एक बच्चा र एक वयस्क रहेको जनाइएको छ ।

कार रोकिएपछि आक्रोशित समर्थकले गाडीमा तोडफोड गरेका थिए । स्थानीय प्रत्यक्षदर्शीका अनुसार च्याम्पियन टोली लिभरपुलका खेलाडीको बस पुगेको १० मिनेटपछि उक्त कार ‘परेड’मा पसेको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्