राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
आज मंगलबार बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र ‘भिजिट भिसा’ प्रकरण लगायत विषयमा छलफल उनले उनले जानकारी दिए ।
आज प्रतिनिधिसभा बैठक पनि बस्दै छ । बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी विपक्षी दलहरूले गरिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ ०९:०५
प्रतिक्रिया दिनुहोस्