
काठमाडौं । इंग्लिस प्रिमियर लिगको अन्तिम दिनको नतिजासँगै म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिग खेल्ने भएका छन् । आइतबार राति आ–आफ्नो खेलमा जित निकालेसँगै यी तीन टिम च्याम्पियन्स लिगमा छनोट भएका हुन् ।
सिजनको अन्तिम दिन सिटीले फुलहमविरुद्ध उसैको मैदानमा २–० को जित निकाल्यो । सिटीको जितमा इल्काइ गुन्डोगान र एर्लिङ हाल्यान्डले गोल गरे । यो जितसँगै सिटीले तेस्रो स्थानमा रहँदै तेस्रो स्थानमा रहँदै प्रिमियर लिग टुंग्याएको छ ।
३८ खेलबाट सिटीले ७१ अंक जोडेको छ । हारसँगै फुलहम भने ३८ खेलबाट ५४ अंकसहित ११औँ स्थानमा सीमित बनेको छ ।
आइतबारकै अर्को खेलमा चेल्सीले नटिङ्घम फरेस्टविरुद्ध १–० को जित निकाल्यो । चेल्सीको जितमा लेवी कोलविलले निर्णायक गोल गरे । यो जितसँगै चौथो स्थानमा रहेर प्रिमियर लिग टुंग्याएको चेल्सीले ६९ अंक जोडेको छ ।
यो हारले नटिङ्घमले च्याम्पियन्स लिग खेल्ने सम्भावनामा पूर्णविराम लाग्यो । तालिकाको सातौँ स्थानमा रहेर प्रिमियर लिगको अन्त्य गरेको नटिङ्घमले ६५ अंक जोड्यो ।
यस्तै, तालिकाको पाँचौँ स्थानमा रहेर प्रिमियर लिग टुंग्याएको न्युक्यासलले एर्भटनविरुद्ध १–० को जित निकाल्यो । न्युक्यासलको जितमा कार्लोस अल्कारेजले निर्णायक गोल गरे ।
जितसँगै न्युक्यासलले ६६ अंक जोडेको छ । १३औँ स्थानमा खुम्चिएको एभर्टनले भने ४८ अंक जोडेर प्रिमियर लिगको अन्त्य गर्यो ।
प्रिमियर लिगबाट योसँगै कुल ६ टोलीले च्याम्पियन्स लिग खेल्ने भएका छन् । प्रिमियर लिगबाट शीर्ष पाँचमा रहेका लिभरपुल, आर्सनल, सिटी, चेल्सी र न्युक्यासलसँगै युरोपा लिग विजेता टोटनहमले च्याम्पियन्स लिग खेल्ने भएका हुन् ।