site stats
बाह्रखरी :: Baahrakhari
खेल
टोखा स्पोर्ट्स क्लबले जित्यो खुला फुटसल प्रतियोगिताको उपाधि

काठमाडौं । टोखा स्पोर्ट्स क्लबले चौथो नेपा वडा–२ अध्यक्ष खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार नेपा युवा क्लब चण्डेश्वरीद्वारा आयोजित फुटसल प्रतियोगिताको फाइनलमा बीवाईसी एफसीलाई हराउँदै टोखाले उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि जित्दै टोखाले ७० हजार रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी, उपविजेता बीवाईसीले ३५ हजार रुपैयाँ पाएको छ । 

Argakhachi Cement Island Ad

त्यसैगरी, प्रतियोगिताको व्यक्तिगत विधातर्फ बीवाईसीका महेन्द्र कार्की उत्कृष्ट खेलाडी, टोखाका सोनम तामाङ उत्कृष्ट गोलकिपर चुनिएका छन् । उनीहरूले जनही चार हजार पाँच सय रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । 

प्रतियोगिता टोखा नगरपालिका–२, भत्केको पुलस्थित फ्रेन्ड्स फुटसलमा आयोजना गरिएको थियो । जेठ १० र ११ गरी दुई दिन आयोजित उक्त कार्यक्रमको पुरस्कार वितरण आइतबार (जेठ ११ गते) नै सम्पन्न गरिएको छ ।

टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ र अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य मनीष जोेशीले विजेता, उपविजेता टोली तथा व्यक्तिगत विधाका विजेतालाई पुरस्कार वितरण गरेका थिए । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्