देश

काठमाडौं । गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको अराजक प्रदर्शनका क्रममा भएको क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरिएको छ ।
उक्त मुद्दामा ६५ जनालाई अभियुक्त बनाइएको छ । त्यस दिन राजवादीले गरेको आगजनी, तोडफोड र लुटपाटमा क्षतिपूर्तिको मागदाबीसहित आइतबार (जेठ ११) जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।
नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा आगजनी गर्नेहरूबाट ६५ लाख २२ हजार ६२५ रुपैयाँबराबरको क्षति भएको भन्दै यो पूर्ति गर्न अभियोगपत्रमा मागदाबी लिइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ १९:१०
प्रतिक्रिया दिनुहोस्