site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डप्रति ओलीको कटाक्ष– न ०६४ साल आउँछ, न माओवादी

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)ले चलाएको अभियानमा अलिकति कार्यकर्ता आउँदा पुष्पकमल दाहाल 'प्रचण्ड' उत्साहित भएको बताएका छन् । आइतबार वाग्मती प्रदेशका वडाअध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा ओलीले आफूहरूले अभियान चलाउँदा जनता उर्लिएको तर माओवादी अभियानमा अलिअलि कार्यकर्ता आएको बताए ।

“हामीले गरेको महाकाली–मेची अभियान त्यसैगरी थालेर अघि बढ्छ । तर, फरक के छ भने हामीकहाँ जनसागर उर्लिन्थ्यो, जनताले बेग्लै स्वागत गर्थे,” ओलीले भने, “अहिले अलिअलि आफ्ना कार्यकर्ता आउँदा प्रचण्डलाई के लाग्यो भने अब फेरि प्रचण्डमय हुने भयो देश, फेरि ०६४ मा जस्तै माओवादीमय हुने भयो ।”

Argakhachi Cement Island Ad

उनले ०६४ मा माओवादीले तर्साएर, आतंकमय बनाएर मत ल्याएको भएको बताए । ०८४ को निर्वाचनमा ०६४ सालजस्तो नहुने उनको भनाइ छ । “न ०६४ साल आउँछ, न माओवादी आउँछ,” उनले भने ।

उनले भ्रष्टचार गर्नेहरूले नै भ्रष्टाचारीविरुद्ध उफ्रिएको भन्दै प्रचण्डको अभिव्यक्तिको कटाक्षसमेत गरे । त्यस्तै, उनले झ्यापझ्याप बिजली गएको भन्दै भइरहेको आलोचनाप्रति भने, “झिपिक्क निभ्दा सरकारलाई सरापर्छ, १८ घण्टा हुँदा कानमा तेल हालेर बसेका थिए ।”

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्