
काठमाडौं । भारतको उत्तर प्रदेशलगायत देशभरका धेरै क्षेत्रमा बुधबार साँझ आएको आँधीले जनधनको क्षति पुर्याएको छ । उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको बीबीसी संवाददाता सैयद मोजिज इमामले जनाएका छन् ।
मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा एक पोस्ट गर्दै राहत कार्य पूर्ण रूपमा र छिटो सम्पन्न गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइएको छ ।
आँधीबाट उत्तर प्रदेश मात्र नभई दिल्लीका विभिन्न क्षेत्र पनि प्रभावित भएका छन् ।
राजधानी दिल्लीका धेरै क्षेत्रमा रुख ढलेर विभिन्न सवारीसाधनमा क्षति पुगेको छ, जसका कारण धेरै क्षेत्रमा यातायात अवरुद्ध भएको छ भने मेट्रो सेवा पनि प्रभावित भएको छ ।