
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.०९ अंकले बढेको छ । गभर्नर नियुक्तिको चर्चासँगै बजार उच्च अंकले बढेको हो ।
मंगलबार बजार २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा ३१० वटा कम्पनीका एक करोड ६८ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् । सात अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बजार बढ्दा २२९ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ । १५ कम्पनीको सेयर मूल्य घट्यो र १ कम्पनीको मूल्य स्थिर रह्यो ।
सबैभन्दा धेरै मूल्य वृद्धि गर्ने कम्पनीहरूमा सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक, ओम मेगाश्री फर्माटिकल्स, ग्रीन डेभलपमेन्ट बैंक, राप्ती हाइड्रोपावर छन् ।
त्यस्तै, कारोबारको हिसाबले सबैभन्दा अगाडि रहेको कम्पनीमा राधी हाइड्रोपावर रहेको छ । राधी हाइड्रोको ४१ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
समूहगत सूचकतर्फ १३ वटै समूह हरियो देखिएका छन् । होटेल तथा पर्यटन क्षेत्र सूचक ३.४२ प्रतिशत बढेको छ ।