
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र हेल्थी च्वाइस एस्थेटिक अस्पतालबीच सम्झौता भएको छ । एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप पाँच प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले यो छुट पाउनका लागि आफ्नो एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ । ग्राहकहरूले पीओएसमार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल, र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरमा थप पाँच प्रतिशत छुट पाउने बताइएको छ ।
ग्राहकले ओपीडी परामर्श, इमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, एमआईएफयूआरएफ, एमएनआर, सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरमा थप २.५ प्रतिशत छुट पाउनेछन् ।
एससीटीको हाल सदस्यहरू ५ ‘क’ वर्गका बैंक, ६ ‘ख’ वर्गका बैंक, ११ ‘ग’ वर्गका बैंक र १०० भन्दा बढी सहकारी संस्था आबद्ध रहेको बताइएको छ ।